युरोपियन च्याम्पियन्स लिग

एमबाप्पे रोक्न नसकिने खेलाडीः एन्सेलोट्टी

मड्रिड । रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोट्टीले पेरिस सेन्ट जर्मन (पिएसजी) फरवार्ड किलियन एमबाप्पेलाई रोक्न नसकिने खेलाडीको संज्ञा दिएका छन् ।

मंगलबार च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पिएसजीको जितमा एमबाप्पेले गरेको एकमात्र गोल नै पर्याप्त बन्यो ।

‘एमबाप्पे रोक्न नसकिने खेलाडी हुन्,’ एन्सेलोट्टीले भने, ‘हामी खेलमा उनलाई रोक्ने प्रयास गरेका थियौं । इडर मिलिटाओले राम्रो खेले तर, एमबाप्पेले सधै केही न केही गर्छन् । र, उनले अन्तिम समयमा निर्णायक गोल निकाले ।’

रियालले पछिल्लो केही सिजनदेखि एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । मड्रिडविरुद्ध एमाबाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए।

२००३/०४ पछि दोस्रो पटक च्याम्पियन्स लिगमा रियालले गरेको कुनै पनि प्रहार ‘अन टार्गेट’ रहेन ।