एफसीएको रेफ्री सेमिनार

एफसीएको रेफ्री सेमिनारमा नेपालका तीन रेफ्रीले सहभागिता जनाउने

काठमाडौं । फेन्सिङ फेडेरेसन अफ एसिया (एफसीए) को रेफ्री सेमिनारमा नेपालको तर्फबाट तीन जना राष्ट्रिय रेफ्रीहरुले सहभागिता जनाउने भएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी दुबईमा बिहीबारदेखि सुरु हुने सेमिनारमा अभिषेक कार्की, अनुप कपाली र अलिषा अधिकारी सहभागी हुनेछन् ।

एशियाली फेन्सिङ महासंघ र युएई फेन्सिङ संघको संयुक्त आयोजनामा हुने सेमिनारमा इपी, फोयल र साइबर गरी तीन विधामा रेफ्री कोर्ष हुनेछ ।

सेमिनारको लागि बुधबारै त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रिय रेफ्रीहरुलाई नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठले बिदाई गरेका छन् ।