सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा सातदोबाटो १–० अघि

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत १०औं चरणको खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्धको पहिलो हाफमा १–० को अग्रता बनाएको ।

सातदोबाटोस्थित एन्फा कप्लेक्समा जारी खेलको पहिलो हाफमा आकाश बुढामगरले गरेको गोलबाट सातदोबाटोले अग्रता लिएको हो । 
आकाशले १९ औं मिनेटमा प्राप्त पेनाल्टीलाई सहजै पोस्टको दिशा दिए । 

लिगमा १० अंक जोडेको पुलिस तालिकाको १०औं स्थानमा छ । पुलिसले नौ खेलमध्ये दुईमा जित चारमा बराबर र तीनमा हारको नतिजा आत्मसाथ गरेको छ ।

तालिकाको सातौं स्थानमा रहेको नवप्रवेशी सातदोबाटोले भने १२ अंक जोडेको छ । लिगमा नौ खेल खेलको सातदोबाटोले समान तीन खेलमा जित, बराबर र हारको नतिजा निकालेको छ ।