सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा फ्रेन्ड्स ३–१ ले अघि

काठमाडाैं। सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत १०औं चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)विरुद्ध पहिलो हाफमा ३–१ को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १४औं मिनेटमा सुशिल शाहले फ्रिकिकमार्फत करिब २० यार्ड परबाट गोल गर्दै फ्रेन्डसलाई अग्रता दिलाएका थिए ।

लिगमा ‘डेब्यु’ गरेकै दिन उनले गोल गरेका हुन् । बिबिसीका ड्याड्डी जुनियरले फ्रेन्डसका कप्तान नथानियल जुडे गर्सियालाई फाउल गरेपछि फ्रिकिक पाएको थियो ।

ड्याड्डी जुनियरले २५औं मिनेटमा फ्रिकिकमार्फत नै गोल गर्दै बिबिसीलाई खेलमा फर्काएका थिए । फ्रेन्डसका डिफेन्डर असिम भुसालले ब्रिगेडका फरवार्ड भुवन बस्नेतलाई फाउल गरेपछि फ्रिकिक पाएको थियो ।

त्यसको दुई मिनेट नबित्दै स्याम्बाबु क्याप्चाकीले गोल गर्दै फ्रेन्ड्सलाई पुनः अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा निशेन सुब्बाको फ्रिकिकमा जमोउल एन्थोनी फ्रान्कोइसले ६ यार्ड बक्सबाट हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को अवस्थामा पुर्याए ।

‘फिफा डे’ को कारण रोकिएको लिगको १०औं चरण शुक्रबारदेखि सुरु भएको हो ।