काेपा इटालिया

युभेन्टस सेमिफाइलनमा

रोम । क्वार्टरफाइलनमा ससौलोलाई २–१ ले हराउदै युभेन्टस कोपा इटालियाको सेमिफाइलनमा प्रवेश गरेको छ ।

युभेन्टस रंगशालामा घरेलु टोलीका पाउलो डिबालाले गोल गर्दा दोस्रो गोल ससौलाको रुयन ट्रेसोल्डीबाट आत्मघाती उपहार पाएको थियो ।

डिबालाले तेस्रो मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । तर, २४औं मिनेटमा हमेद ट्राउरले गरेको गोलबा ससौलो खेलमा फर्किएको थियो ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा ट्रेसोल्डीबाट आत्मघाती गोल उपहार पाएपछि युभेन्टसले प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्यो ।

युभेन्टसले जित निकालेसँगै प्रतियोगिताको सेमिफाइलन पुग्ने चार टोलीको टुङ्गो लागेको छ । प्रतियोगितामा फियोरेन्टिना, इन्टर मिलान र एसी मिलानले यसअघि नै अन्तिम चारको टिकट काटिसकेका छन् ।

फाइलन प्रवेशका लागि युभेन्टसले फियोरेन्टिनाको सामना गर्दा ‘मिलान डर्बी’ अन्तर्गत एसी र इन्टर मिलान भिड्ने छन् ।

सेमिफाइलनमा स्थान बनाउने क्रममा अन्तिम आठमा एसी मिलनाले लाजियोलाई, फियोरेन्टिनाले एट्लान्टा र इन्टरले रोमालाई पराजित गरेको थियो ।