चैत्र १३, २०८२ शुक्रबार | १३:४५:५९
खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात

नेइमार प्रशिक्षणमा फर्किए

पेरिस । नेइमार बिहीबारदेखि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को प्रशिक्षणमा फर्किएका छन् ।

पिएसजीले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ पहिलो लेगमा अर्को हप्ता स्पेनिस क्लब रियाल मड्रिडविरुद्ध प्रतिस्पर्धा गर्दै छ । सेन्ट एटियनविरुद्ध ३–१ को जित निकाल्दा बायाँ घुँडामा चोट लागेपछि नेइमार पछिल्लो २८ दिनदेखि पिएसजीबाट मैदान ओर्लिएका छैनन् ।

चोटपछि नेइमार चारदेखि ६ हप्ता मैदानबाट बाहिर रहने अनुमान गरिएको थियो । उनले पिएसजीका १२ खेल गुमाए । यद्यपि, पिएसजीले लिग वानअन्तर्गत रेनेसविरुद्ध खेल्नुअघि बिहीबार नेइमार प्रशिक्षणमा केही समय सहभागी भए ।

‘उनी टोलीका महत्वपूर्ण खेलाडी हुन्, जो क्लबबाट ठुला प्रतियोगिता खेल्न चाहन्छन् । हामी नेइमारले रियाल मड्रिडविरुद्ध खेल्ने नखेल्नेबारे केही समयपछि निर्णय गर्नेछौं,’ क्लबका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होले भने ।

यस सिजन स्वभाविक लय भेट्टाउन सघर्षरत नेइमारले पिएसजीबाट सबैखाले प्रतियोगितामा गरि समान तीन गोल र असिस्ट गरेका छन् ।

यस्तै, तिघ्राको चोटका कारण मैदान बाहिर रहेका सर्जियो रामोस पनि आफ्नो पूर्व क्लबविरुद्ध मैदान उत्रन सक्ने सम्भावना छ । चोटका कारण दुई खेल गुमाएका रामोस पछिल्लो दुई हप्तादेखि मैदानबाट बाहिर छन् ।

स्पेनका सेन्टर डिफेन्डर रामोसले यस सिजन पिएसजीबाट पाँच खेल खेलेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो