माघ १८, २०८२ आइतबार | ००:२१:२८
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

नेइमार प्रशिक्षणमा फर्किए

पेरिस । नेइमार बिहीबारदेखि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को प्रशिक्षणमा फर्किएका छन् ।

पिएसजीले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ पहिलो लेगमा अर्को हप्ता स्पेनिस क्लब रियाल मड्रिडविरुद्ध प्रतिस्पर्धा गर्दै छ । सेन्ट एटियनविरुद्ध ३–१ को जित निकाल्दा बायाँ घुँडामा चोट लागेपछि नेइमार पछिल्लो २८ दिनदेखि पिएसजीबाट मैदान ओर्लिएका छैनन् ।

चोटपछि नेइमार चारदेखि ६ हप्ता मैदानबाट बाहिर रहने अनुमान गरिएको थियो । उनले पिएसजीका १२ खेल गुमाए । यद्यपि, पिएसजीले लिग वानअन्तर्गत रेनेसविरुद्ध खेल्नुअघि बिहीबार नेइमार प्रशिक्षणमा केही समय सहभागी भए ।

‘उनी टोलीका महत्वपूर्ण खेलाडी हुन्, जो क्लबबाट ठुला प्रतियोगिता खेल्न चाहन्छन् । हामी नेइमारले रियाल मड्रिडविरुद्ध खेल्ने नखेल्नेबारे केही समयपछि निर्णय गर्नेछौं,’ क्लबका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होले भने ।

यस सिजन स्वभाविक लय भेट्टाउन सघर्षरत नेइमारले पिएसजीबाट सबैखाले प्रतियोगितामा गरि समान तीन गोल र असिस्ट गरेका छन् ।

यस्तै, तिघ्राको चोटका कारण मैदान बाहिर रहेका सर्जियो रामोस पनि आफ्नो पूर्व क्लबविरुद्ध मैदान उत्रन सक्ने सम्भावना छ । चोटका कारण दुई खेल गुमाएका रामोस पछिल्लो दुई हप्तादेखि मैदानबाट बाहिर छन् ।

स्पेनका सेन्टर डिफेन्डर रामोसले यस सिजन पिएसजीबाट पाँच खेल खेलेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।