एन्फा कार्यसमिति बैठक

एन्फाले गर्यो निर्वाचन र पुनरावेदन समितिको गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको १६औं कार्यसमितिको बैठकले चार बुँदे निर्णय पारित गरेको छ ।

कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति गठन गरेको हो ।

निर्वाचन समितिको संयोजक अधिवक्ता श्रीराम दवाडी, सह–संयोजक अधिवक्ता राम चन्द्र गौतम, सदस्य दामोदर भट्टराइर्, बैकल्पिक सदस्यमा अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता प्रिति कार्कीलाई निर्वाचन समितिमा मनोनयन गर्न संघको २०औ विशेष साधारण सभा (एन्फा एक्ट्राअर्डिनरी कंग्रेस) बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ ।

यस्तै निर्वाचन पुनरावेदन समितिको संयोजकमा अधिवक्ता बिष्णु लुईटेल, सह संयोजक अधिवक्ता सुधा रिजाल, सदस्य अधिवक्ता केशव मणि अर्याल र बैकल्पिक सदस्यहरुमा अधिवक्ता यज्ञ बहादुर राना र अधिवक्ता राजेन्द्र इङ्गनामलाई निर्वाचन पुनरावेदन समितिमा मनोनयन गर्न संघको आगामी २० विशेष सधारण सभा (एन्फा एक्ट्राअर्डिनरी कंग्रेस) बैठकबाट निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ ।

दुबै समितिलाई एन्फा लेखापालन तथा अनुपालक समितिबाट ईन्टिग्रीटि चेकजांच गरी उक्त पारित निर्णयलाई अंग्रेजीमा अनुवाद गरी फिफा र ए.एफ.सी.मा पत्राचार गर्ने एन्फाले निर्णय गरेको छ ।

यस्तै एन्फाको आर्थिक वर्ष २०७७ ७८ मा १९औ बार्षिक साधारण सभाबाट अनुमोदित वार्षिक कार्यक्रमहरु कोभिड १९ महामारीले स्थगित भएको हुंदा उक्त अनुमोदित बजेटलाई आ.व. २०७५÷०७९ को आर्थिक वर्ष भित्र रकमान्तर गरी खर्च गर्ने निर्णय गरेको छ ।