अब्दुल्लाह अल्मुताइरी

प्रधानमन्त्री देउवाले प्रशिक्षक अब्दुल्लाहलाई भेट्ने

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई भेट्ने भएका छन् । शुक्रबार प्रधानमन्त्री देउवाले राष्ट्रिय टोलीका म्यानेजर मधुसुदन उपाध्याय र अब्दुल्लाह अल्मुताइरीलाई भेट्ने भएका हुन् ।

गत अक्टोबरमा माल्दिभसमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको थियो । सोही अवसरमा नेपाली राष्ट्रिय टोलीलाई सरकारले सम्मान गर्दा प्रशिक्षक अल्मुताइरी भने कुवेत गएका कारण अनुपस्थित भएका थिए ।

नेपाली राष्ट्रिय टोलीले मौरिससविरूद्ध माघ १५ र १८ गते मैत्रीपूर्ण खेल खेलेको थियो । दुबै खेलमा नेपाल विजयी भएको थियो । घरेलु मैदानमा नेपालले अल्मुलाइरीको प्रशिक्षणमा पहिलो जीत हात पारेको थियो ।