दक्षिण अमेरिकी फुटबल

स्वारेजले तोडे मेसीको रेकर्ड

मोन्टेभिडियो । उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले विश्वकपको दक्षिण अमेरिकी  छनोटमा सर्वाधिक गोल गर्ने रेकर्ड कायम गरेका छन् ।

छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा भेनेजुयलामाथि ४–१ को जित निकाल्दा एक गोल गरेका स्वारेजले यसअघि मेसीको नाममा रहेको रेकर्ड आफ्नो नाममा लेखाएका हुन् । स्वारेजले विश्वकपको दक्षिण अमेरिकी छनोटमा २८ गोल गरेका छन् ।

यसअघि यो रेकर्ड अर्जेन्टिनी कप्तान लियानल मेसीको नाममा थियो । मेसीले विश्वकपको दक्षिण अमेरिकी छनोटमा २७ गोल गरेका छन् ।

कतार विश्वकप २०२२ मा हालसम्म ब्राजिल र अर्जेन्टिनागरि दुई दक्षिण अमेरिकी टोलीले आफ्नो स्थान सुरक्षित गरेका छन् । छनोटमा १५ खेलबाट ३९ अंक जोडेको ब्राजिल तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान खेलबाट ३५ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ ।

अर्जेन्टिना सबैखाले प्रतियोगितामा गरि पछिल्लो २९ खेलदेखि अपराजित छन् ।