आहा रारा गोल्डकप

थ्री स्टारलाई हराउँदै आर्मी आहा राराको सेमिफाइनलमा

पोखरा । राजिव गुरुङको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लब ए डिभिजन लिगकै प्रतिस्पर्धी थ्री स्टारलाई १–० को नतिजामा पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको खेलका ७०औं भिनेटमा राजिवले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

जितसँगै प्रतियोगिता अन्तिम चारमा पुगेको आर्मीले फाइलनमा प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । अर्कातिर फाइनल प्रवेशका लागि एपिएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले खेल्ने छन् ।

मछिन्द्रले संकटा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै, एपिएफले भुटनीज युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै अन्तिम चारमा आइपुगेको हो ।