नेपालविरुद्ध मोरिसस

मोरिससविरुद्धको खेलमा एक हजार र पाँच सय टिकट मुल्य

काठमाडौं । अफ्रिकी प्रतिद्वन्द्वी मोरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकटदर एक हजार र पाँच सय रुपैयाँ तोकेको छ ।

शनिबार र मंगलबार दशरथ रंगशालामा हुने खेलका लागि भिआइपी प्यारापिटतर्फको टिकट मुल्य एक हजार रुपैयाँ तोकिएको छ भने सामान्य प्यारापिटबाट खेल हेर्न पाँच सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।

कोभिड १९ को संक्रमण पछिल्लो समय अत्यन्तै तिब्र गतिमा बढ्दै गएकाले सरकारद्धारा निर्धारित स्वास्थ्य मापदण्डअनुसार रंगशालामा क्षमताको एक तिहाईमात्र टिकट विक्री गर्ने एन्फाले जनाएको छ । रंगशालाको कुल दर्शक क्षमता १५ हजार छ ।