कार्बाओ कप

चेल्सी इएफएल कपको फाइनलमा

लन्डन । बुधबार राति इएफएल सेमिफाइनलको दोस्रो लेगमा टोटनहमलाई ०(१ गोलको नतिजामा पराजित गरेसँगै चेल्सी समग्रमा ३-० ले विजयी हुँदै फाइनलमा पुगेको छ । पहिलो जनवरी ६ मा भएको पहिलो लेगमा २-० को जित निकालेको चेल्सीले बुधबार राति टोटनहमको मैदानमा भएको खेलमा पनि जित निकाल्यो ।

प्रतिस्पर्धात्मक खेलमा चेल्सीका एन्टोनियो रुडिगरले १८औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । १८औं मिनेटमा म्यासन माउन्टले दिएको पासमा रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । सोही अग्रताको बचाउ गर्दै चेल्सीले फाइनलमा स्थान सुरक्षित गर्यो ।

चेल्सीले फाइनलमा उपाधिका लागि आर्सनल र लिभरपुलको विजेतासँग खेल्ने छ । आर्सनल र चेल्सीबीचको पहिलो लेग कोभिड १९ संक्रमणका कारण यसअघि तय भएको मितिमा स्थगित भएको थियो । यी दुईबीचको सेमिफाइनलको पहिलो लेख बिहीबार राति हुँदैछ ।