इटालियन सिरी ए

शीर्ष स्थानमा इन्टरको पकड

मिलान । टोरिनोलाई १-० ले पराजित गर्दै इन्टर मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानको पकड थप बलियो पारेको छ ।

३०औं मिनेटमा डेजल डम्फायर्सले गरेको गोल इन्टरको जितमा पर्याप्त बन्यो । 

१९ खेलमा ४६ अंक जोडेको इन्टर शीर्ष स्थानमा छ । समान खेलमा ४२ अंकसहित एसी मिलान दोस्रो स्थानमा छ भने तेस्रो स्थानको नेपोलीको ३९ अंक छ । 

मिलानले बुधबार सम्पन्न अर्को खेलमा इम्पोलीलाई ४-२  ले निराश पार्दै इन्टरसँगको अंक दुरी कम गर्ने प्रयास गरेको थियो । 

नेपोली भने स्पेजियासँग १-० ले स्तब्ध भयो ।