इङ्लिस प्रिमियर लिग

सिटीको रवाफिलो जित

लन्डन । केभिन डी ब्रुयनाको दुई गोलप्रेरित साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा मंगलबार लिड्स युनाइटेडमाथि ७-० को रवाफिलो जितका साथ शीर्ष स्थानमा अंक दुरी बढाएको छ । 

शीर्ष स्थानको सिटीको १७ खेलमा ४१ अंक छ, जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको लिभरपुल भन्दा चार अंक बढी हो । ३६ अंक सहित चेल्सी तेस्रो स्थानमा छ भने २८ र २७ अंक जोडेका वेस्ट हम र म्यानचेस्टर युनाइटेड क्रमश चौथो र पाँचौ स्थानमा छन् ।

सिटीको सानदार जितमा डी ब्रुयनाले दुई तथा रियाद महारेज, फिल फोडिन, ज्याक ग्रेलिस र नाथन एकेले समान एक गोल गरे ।

प्रिमियर लिग अन्तर्गत मंगलबार भएको अर्को खेलमा एस्टन भिल्लाले नर्विच सिटीलाई २-० ले हरायो ।

एस्टन भिल्लाका लागि ज्याकोब रामसे र ओल्ली वाट्किन्सले समान एक गोल गरे ।