एनएसजेएफ

लैंगिक समानताका लागि मैत्रीपूर्ण खेल

काठमाडौं । शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ), अष्टे«लियन अल्मुनी र साथी फाउन्डेसनको संयुक्त आयोजनामा मैत्रीपूर्ण आयोजना गरिएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा लैंगिक समानता (जेन्डर ईन्कुस्लिभ) को लागि आयोजना गरिएको मैत्रीपूर्ण खेलमा एनएसजेएफले अष्टे«लियन अल्मुनीलाई ३-१ ले हराएको छ ।

 महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो ।

कार्यक्रममा  नेपालका लागि अस्ट्र्लियाली राजदुत फालिसिटी भोल्क, सिड कमिटी सदस्य बन्दना राना, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फाका सदस्य पेमा लामा लगायतको उपस्थिति थियो ।