सहिद स्मारक लिग

संकटाको पुनरागमन जित

काठमाडौं । फोडेन फोफोनाले खेल सकिन चार मिनेट बाँकी रहँदा गोल गरेपछि संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

पहिलो हाफमा १–० ले पछि परेको संकटाले दोस्रो हाफमा दुई गोल फर्काउँदै तीन अंक पक्का गरेको हो ।

पहिलो खेलमा संकटाले हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४२औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गरेको गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियो । ५७औं मिनेटमा निरज बस्नेतको गोलमा संकटा खेलमा फर्किएको थियो ।

८६औं मिनेटमा फोडेन फोफोनाले गरेको गोल संकटाको पुनरागमन जितमा पर्याप्त बन्यो ।

खेलकाे म्यान अफ दि म्यान संकटाका निरज बस्नेत चुनिए ।