इङ्लिस प्रिमियर लिग

भिल्लाबाट बर्खास्त भएका स्मिथ नर्विचमा

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब नर्विच सिटीले डिन स्मिथलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

सोमबार स्मिथले क्लबसँग साँढे दुई वर्षको लागि सम्झौता गरेका थिए । क्लबले एस्टन भिल्लाका पूर्व प्रशिक्षक स्मिथको सहायकका रुपमा क्राएग सेक्सपियरलाई नियुक्त गरेको जनाएको छ ।

स्मिथले क्लबसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् ।  

‘भिल्लाबाट बर्खास्त भएको सात दिन भयो । प्रिमियर लिगको क्लब नर्विच सिटीको लागि काम गर्न पाउँदा धेरै खुशी छु,’ उनले भने, ‘साँढे चार वर्षमा यस क्लबमा केही राम्रा कामहरु भएका थिए । अब प्रिमियर लिगमा रहिरहन म र क्राएग मिलेर सुधार गर्दै लानेछौं ।’

११ खेलमा पाँच अंकमा सीमित नर्विच प्रिमियर लिग अंकतालिकाको पुछारमा रहेर रेलिगेसनबाट बाच्न संघर्ष गरिरहेको छ ।

क्लबले ड्यानियल फार्केलाई बर्खास्त गरेपछि यसै सिजन एस्टन भिल्लाबाट बर्खास्तमा परेका स्मिथलाई अनुबन्ध गरेको हो ।