माघ ८, २०८२ बिहीबार | २३:४४:२२
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

सेन्ट्रल जोनमा उपाधि रक्षा गर्ने अरुणाको आशा

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा कम समयका बावजुद स्वभाविक प्रर्दशन गर्दै उपाधि रक्षाको प्रयास गर्ने बताएकी छिन् ।

तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफका खेलाडीको बाहुल्य रहेको कारण फिट्नेसको समस्या नहुने उनको बुझाई छ । राष्ट्रिय टिमको संगठित अभ्यास छोटो भए पनि खेलाडीहरु व्यक्तिगत रुपमा फिट भएकाले लय समाउन सजिलो हुने उनले बताइन ।

‘प्राय सबैजना खेलाडी विभागीय टोलीका नै छन् । विभागीय टोलीका खेलाडीहरु फिट छन् ।  राष्ट्रिय टोलीका लागि केही खेलाडी नयाँ छन् । नयाँ र पुराना खेलाडीको मिश्रणले टिम बलियो हुन्छ जस्तो लाग्छ,’ अरुणाले खेलाडीसँग भनिन, ‘हामीलाई कुन–कुन टिम आउँछन् भनेर पूरै जानकारी छैन । तथापि हाम्रो लक्ष्य स्वर्ण पदक नै हो ।’

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सोमबार देखि सुरु भएको प्रशिक्षणमा एसियन च्याम्पियनसिपका लागि छनोट भएका १८ खेलाडी र विभागीय टोलीका तीन खेलाडी छन् ।

फिलिपिन्समा तीन महिना अघि हुने भनिएको एसियन च्याम्पियनसिपका लागि नेपाली टोली एक महिना बन्द प्रशिक्षणमा थियो । तर कोभिड १९ महामारीका कारण खेल स्थगित भएसँगै नेपाली टोलीको प्रशिक्षण पनि रोकिएको थियो ।

‘सेन्ट्रल जोनका लागि एक महिना प्रशिक्षण गरेर खेल्न नपाउँदा दुख लागेको थियो । तर महामारी कम हुँदै गएपछि बंगलादेशले प्रतियोगिता गर्ने भएको छ । यसले फेरी हामीलाई उत्साहित बनाएको छ,’ उनले भनिन् ।

डिसेम्बर २१ देखि बंगलादेशमा हुने प्रतियोगिताको लागि पुरुष टोलीका डच प्रशिक्षक हान एबिङ मंसिर २ गते नेपाल आउने भएका छन् । जसले गर्दा महिला टोलीलाई केही फाइदा हुनेमा अरुणा आशावादी छिन् ।

‘पुरुषको लागि विदेशी प्रशिक्षक आउँदा हामीले पनि नयाँ कुरा सिक्न पाउँछौ,’ उनले भनिन् ।

साविक विजेता नेपाललाई उपाधि जोगाउने निकै दबाब पनि छ । यसका साथै वरीयतामा सुधार ल्याउन पनि यो प्रतियोगिताको विशेष अर्थ रहने भएकाले उचित योजना बनाएर अघि बढ्ने प्रशिक्षक जगदिश भट्टले बताए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate