इङ्लिस प्रिमियर लिग

टोटनहमको सहज जित

काठमाडौं । टोटनहमले इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु टोली एस्टन भिल्लामाथि ४-०को सहज जित निकालेको छ ।

भिल्ला पार्कमा टोटनहमलाई जित दिलाउन जेम्स म्याडिसन, ब्रेनन जोनसन, कप्तान सन ह्यनु मिन र टिमो वर्नरले गोल गरे । चारै गोल दोस्रो हाफमा भएका हुन् ।

जितसँगै २७ खेलमा ५३ अंक जोडेको टोटनहम पाँचौं स्थानमा छ । पराजित एस्टन भिल्ला २८ खेलबाट ५५ अंकका साथ चौथो स्थानमा छ । 

खेलको ५०औं मिनेटमा म्याडिसनको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । तीन मिनेटपछि नै जोनसनले टोलीको अग्रता दोब्बर बनाए ।

६५औं मिनेटमा जोन म्याकगिनले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि एस्टन भिल्ला १० खेलाडीमा समेटियो  ।

इन्जुरी समयमा ह्युन मिन र वर्नरले गोलगरेपछि टेटनहमले ४-० को सहज जित निकाल्यो ।