एएफसी च्याम्पियन्स लिग

रोनाल्डोसम्मिलित अल नासर पराजित

काठमाडौं । स्टार क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासर एएफसी च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको  छ ।

सोमबार राति भएको खेलमा अल नासर घरेलु टोली अल ऐनविरुद्ध १–० ले पराजित भएको हो । दोस्रो लेग मार्च १२ मा हुनेछ ।

युएईमा भएको खेलमा पहिलो हाफमै अल नासर खेलमा पछि परेको थियो । ४४औं मिनेटमा सोउफिअन रहिमीले गोल गरेका हुन् । काकुले मिलाएको बललाई उनले बक्सभित्रबाट गोलकिपर तथा दुई रक्षकलाई बिट गर्दै गोल गरे ।

खेलको ९०औं मिनेटमा एमेरिक लापोर्टले रातो कार्ड पाउँदा नल नासर दश खेलाडीमा सिमित भयो । उनी दोस्रो लेगमा उपलब्ध हुने छैन ।

अल नासरमा रोनाल्डोसँगै साडिओ माने, स्टाभिओ जस्ता खेलाडी गोलविहिन रहे । अब, अल नासरले साउदी प्रो लिगमा अल राइदविरुद्ध बिहीबार हुनेछ ।