चैत्र १२, २०८२ बिहीबार | २३:४४:२८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एपिएफ र सुदूरपश्चिम च्याम्पियन

तस्विर सुदर्शन रञ्जिन, पोखरा

पोखरा । एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले विकास शिल्ड राष्ट्रिय ह्विलचियर बास्केटबल च्याम्पियनसिपको उपाधि जितेका छन् । एपिएफ पुरुष तथा सुदूरपश्चिम महिलातर्फ विजेता बने ।

सुन्दर ढोका साथी सेवाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २९-२८ ले पराजित गर्यो ।  लुम्बीनी प्रदेशलाई २७-६ अंकले पराजित गर्दै बागमतीले तेस्रो  हासिल गरेको छ ।

त्यसैगरी महिलातर्फको फाइनलमा सुदुरपश्चिमले लुम्बीनी प्रदेशलाई ८-४ ले हरायो । बागमती प्रदेशलाई १६-४ को फराकिलो अन्तरले हराउँदै कोशी प्रदेशले तेस्रो स्थान कब्जा गर्यो

पुरुष र महिलातर्फका विजेता, उपविजेता तथा तेश्रो हुने टिमले क्रमशः नगद रु ५०, ४० र ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ एपिएफका डम्बरबहादुर मगर सर्वोकृष्ट खेलाडी घोषित भए । एपिएफकै प्रेमबहादुर बिक १७ स्कोरका साथ सर्वाधिक स्कोरकर्ता बने ।

त्यस्तै महिलातर्फ सुदूरपश्मिकी ऐश्वर्याकुमारी कुमाल सर्वोकृष्ट खेलाडी र तुलसा थाप उच्च स्कोरकर्ता बने ।  उनीहरुले ट्रफीका साथमा जनही नगद पाँच हजार रुपैयाँ हात पारे ।

त्यस्तै गण्डकी प्रदेशका खेलाडी पिताम्बर थापा उदियामान खेलाडी घोषित हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य केशव पाठक, प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष कोष बिलाश अधिकारी, संस्थाकी कार्यकारी निर्देशक जिजेता अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा रंगशाला तथा मघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुषतर्फ नौ र महिलातर्फ ६ गरी १५ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो