माघ ४, २०८२ आइतबार | १७:०५:१५
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार

एपिएफ र सुदूरपश्चिम च्याम्पियन

तस्विर सुदर्शन रञ्जिन, पोखरा

पोखरा । एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले विकास शिल्ड राष्ट्रिय ह्विलचियर बास्केटबल च्याम्पियनसिपको उपाधि जितेका छन् । एपिएफ पुरुष तथा सुदूरपश्चिम महिलातर्फ विजेता बने ।

सुन्दर ढोका साथी सेवाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २९-२८ ले पराजित गर्यो ।  लुम्बीनी प्रदेशलाई २७-६ अंकले पराजित गर्दै बागमतीले तेस्रो  हासिल गरेको छ ।

त्यसैगरी महिलातर्फको फाइनलमा सुदुरपश्चिमले लुम्बीनी प्रदेशलाई ८-४ ले हरायो । बागमती प्रदेशलाई १६-४ को फराकिलो अन्तरले हराउँदै कोशी प्रदेशले तेस्रो स्थान कब्जा गर्यो

पुरुष र महिलातर्फका विजेता, उपविजेता तथा तेश्रो हुने टिमले क्रमशः नगद रु ५०, ४० र ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ एपिएफका डम्बरबहादुर मगर सर्वोकृष्ट खेलाडी घोषित भए । एपिएफकै प्रेमबहादुर बिक १७ स्कोरका साथ सर्वाधिक स्कोरकर्ता बने ।

त्यस्तै महिलातर्फ सुदूरपश्मिकी ऐश्वर्याकुमारी कुमाल सर्वोकृष्ट खेलाडी र तुलसा थाप उच्च स्कोरकर्ता बने ।  उनीहरुले ट्रफीका साथमा जनही नगद पाँच हजार रुपैयाँ हात पारे ।

त्यस्तै गण्डकी प्रदेशका खेलाडी पिताम्बर थापा उदियामान खेलाडी घोषित हुँदै ३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य केशव पाठक, प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष कोष बिलाश अधिकारी, संस्थाकी कार्यकारी निर्देशक जिजेता अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा रंगशाला तथा मघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुषतर्फ नौ र महिलातर्फ ६ गरी १५ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate