जर्मन बुन्डेसलिगा

डर्टमन्ड घरेलु मैदानमै पराजित

काठमाडौं । बोरुसिया डर्टमन्ड  जर्मन बुन्डेसलिगामा आइतबार घरेलु मैदानमै होफेनहेइमसँग ३-२ ले पराजित भएको छ । 

सिंगल इडुना पार्कमा होफिनहेइमलाई जित दिलाउन म्याक्सिमिलियन बेयरले दुई र इहलास बेबुले एक गोल गरे । डर्टमन्डका लागि डोनिएल मालेन र निको स्लोटरबेकले गोल गरे ।

जितसँगै २३ खेलमा ३० अंक जोडेको होफेनहाइम सातौं स्थानमा छ । पराजित डर्टमन्ड समान खेलबाट ४१ अंकका साथ चौथो स्थानमा छ ।

खेलको दोस्रो मिनेटमै बेबुको गोलमार्फत होफिनहेइमले अग्रता लिएको थियो । २१औं मिनेटमा मालोनले डर्टमन्डलाई बराबरीमा ल्याए ।

 होफेनहेइम

चार मिनेटपछि नै स्लोटरबेकले गोल गर्दा पहिलो हाफमा डर्टमन्डले २-१ को अग्रता लिएको थियो । बेयरले दोस्रो हाफमा चार मिनेट भित्र दुई गोल गर्दै होफेनहेइमलाई जित दिलाए ।

६१औं मिनेटमा बेयरले टोलीलाई २-२ को बराबरीमा ल्याए । चार मिनेटपछि नै बेयरले ब्यक्तिग दोस्रो गोल गर्दै होफेनहेइमलाई ३-२ को रोमाञ्चक जित दिलाए ।