स्पेनिस ला लिगा

एट्लेटिको मड्रिडको सनादार जित

काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगमा शनिबार लस पाल्मसमाथि ५-० को सानदार जित निकालेको छ ।

घरेलु मैदान सिभिटस मेट्रोपोलिटानो रंगशालामा एट्लेटिकोलाई जित दिलाउन मार्कस लोरियन्ट र एन्जल कोरियाले समान दुई तथा मेम्फिस डिपाएले एक गोल गरे ।

जितसँगै २५ खेलमा ५१ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । पराजित लस पाल्मस समान खेलबाट ३५ अंकका साथ आठौं स्थानमा छ ।  

खेलको १५औं मिनेटमा लोरियन्टको गोलमार्फ एट्लेटिकोले अग्रता लिएको थियो । पाँच मिनेटपछि लोरियन्टले नै टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुआतमै कोरियाले एट्लेटिकोका लागि तेस्रो गोल गरे । ६२औं मिनेटमा कोरियाले ब्यक्गित दोस्रो  गोल गर्दै टोलीलाई ४-० ले अगाडि बढाए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा डियाएले गोल गरेपछि एट्लेटिकोले ५-० को सानदार जित दार्ता गर्यो ।