माघ १, २०८२ बिहीबार | १४:२३:२०
एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित इस्टर्न ओपनमा पहिलो दिन निरजको अग्रता साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित इस्टर्न ओपनमा पहिलो दिन निरजको अग्रता साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि

क्रसकन्ट्री दौडः एलिसा र सुदीप च्याम्पियन

नुवाकोट । पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगितामा पञ्चकन्या-३ की एलिसा तामाङ र लिखु-४ का सुदीप राई च्याम्पियन भएका छन् । 

पञ्चकन्या जनकल्याण युवा समाजले शनिबार आयोजना गरेको क्रसकन्ट्री दौडअन्तर्गत महिलातर्फ ११ किलोमिटर दूरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्

कविलास-२ की मेलिना पौडेल १ घन्टा २२ मिनेट २२ सेकेन्डका साथ दोस्रो र पञ्चकन्या ५ की सुष्मा कार्की १ घन्टा २४ मिनेट २८ सेकेन्डबसहित तेस्रो  स्थानमा रहे ।

पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गरे । पञ्चकन्या ३ का सरिन थापा ४७ मिनेट ३३ सेकेन्डको समय निकाल्दै दोस्रा र म्यागाङ गाउँपालिकाका वीरसिंह तामाङ ४९ मिनेट ११ सेकेन्डका साथ तेस्रो भए । 

महिला /पुरुष दुवैतर्फ विजेताले २२ हजार, दोस्रोले १६ हजार र तेस्रोले १० हजार रुपैयाँ पाए । दुवैतर्फ पाँचौं स्थानसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

पञ्चकन्या पालिकास्तरीय छात्र/छात्रा ५ किमि दौडमा पञ्चकन्या वडा १ की सविना राईले ३४ मिनेट १३ सेकेन्डको समय निकाल्दै छात्रातर्फ स्वर्ण जितिन् । वडा ४ की सावित्री थापा ३४ मिनेट ३१ सेकेन्डका साथ दोस्रो र वडा ३ की रुविना तामाङ ३४ मिनेट ४० सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

पुरुषतर्फका विजेता

छात्रतर्फ निर्धारित दूरी २३ मिनेट १३ सेकेन्डमा पूरा गर्दै किरण तामाङ पहिलो भए । सुरज तामाङ २४ मिनेट २२ सेकेन्डको समय निकाल्दै दोस्रो र सुदेश तामाङ २५ मिनेट २६ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।

शीर्ष तीन हासिल गर्ने क्रमशः ११ हजार, ७ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाए । 

११ किमिको दौड लाकुरीभञ्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभञ्ज्याङ, झकडेभित्ता, गाङ्तानटोल, घ्याङस्वाँरा सोही रुट हुँदै घलेभञ्ज्याङमा टुंगिएको थियो । भने ५ किमिको दौड लाकुरीभञ्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभञ्ज्याङ, झिँगानेटोल सोही रुट हुँदै घलेभञ्ज्याङमा पुगेर सकिएको थियो   ।

बैकुन्ठ मान्धर सम्मानित 

प्रतियोगिता समापनमा नेपालका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

७२ वर्षको उमेरमा पनि दौडका प्रतियोगिताहरूमा सहभागी भएर युवालाई दौडमा लाग्न प्रेरित गरिरहेकाले उनको खेलप्रतिको समर्पणको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष टीकाराम तामाङले बताए ।

प्रतियोगिताको उद्घाटन गर्नुका साथै विजेतालाई प्रमुख अतिथि पूर्वमन्त्री हितबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा थियो ।  
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||