चैत्र १८, २०८२ बुधबार | १४:४१:२०
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

क्रसकन्ट्री दौडः एलिसा र सुदीप च्याम्पियन

नुवाकोट । पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगितामा पञ्चकन्या-३ की एलिसा तामाङ र लिखु-४ का सुदीप राई च्याम्पियन भएका छन् । 

पञ्चकन्या जनकल्याण युवा समाजले शनिबार आयोजना गरेको क्रसकन्ट्री दौडअन्तर्गत महिलातर्फ ११ किलोमिटर दूरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्

कविलास-२ की मेलिना पौडेल १ घन्टा २२ मिनेट २२ सेकेन्डका साथ दोस्रो र पञ्चकन्या ५ की सुष्मा कार्की १ घन्टा २४ मिनेट २८ सेकेन्डबसहित तेस्रो  स्थानमा रहे ।

पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गरे । पञ्चकन्या ३ का सरिन थापा ४७ मिनेट ३३ सेकेन्डको समय निकाल्दै दोस्रा र म्यागाङ गाउँपालिकाका वीरसिंह तामाङ ४९ मिनेट ११ सेकेन्डका साथ तेस्रो भए । 

महिला /पुरुष दुवैतर्फ विजेताले २२ हजार, दोस्रोले १६ हजार र तेस्रोले १० हजार रुपैयाँ पाए । दुवैतर्फ पाँचौं स्थानसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

पञ्चकन्या पालिकास्तरीय छात्र/छात्रा ५ किमि दौडमा पञ्चकन्या वडा १ की सविना राईले ३४ मिनेट १३ सेकेन्डको समय निकाल्दै छात्रातर्फ स्वर्ण जितिन् । वडा ४ की सावित्री थापा ३४ मिनेट ३१ सेकेन्डका साथ दोस्रो र वडा ३ की रुविना तामाङ ३४ मिनेट ४० सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

पुरुषतर्फका विजेता

छात्रतर्फ निर्धारित दूरी २३ मिनेट १३ सेकेन्डमा पूरा गर्दै किरण तामाङ पहिलो भए । सुरज तामाङ २४ मिनेट २२ सेकेन्डको समय निकाल्दै दोस्रो र सुदेश तामाङ २५ मिनेट २६ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।

शीर्ष तीन हासिल गर्ने क्रमशः ११ हजार, ७ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाए । 

११ किमिको दौड लाकुरीभञ्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभञ्ज्याङ, झकडेभित्ता, गाङ्तानटोल, घ्याङस्वाँरा सोही रुट हुँदै घलेभञ्ज्याङमा टुंगिएको थियो । भने ५ किमिको दौड लाकुरीभञ्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभञ्ज्याङ, झिँगानेटोल सोही रुट हुँदै घलेभञ्ज्याङमा पुगेर सकिएको थियो   ।

बैकुन्ठ मान्धर सम्मानित 

प्रतियोगिता समापनमा नेपालका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

७२ वर्षको उमेरमा पनि दौडका प्रतियोगिताहरूमा सहभागी भएर युवालाई दौडमा लाग्न प्रेरित गरिरहेकाले उनको खेलप्रतिको समर्पणको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष टीकाराम तामाङले बताए ।

प्रतियोगिताको उद्घाटन गर्नुका साथै विजेतालाई प्रमुख अतिथि पूर्वमन्त्री हितबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा थियो ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो