प्रयासनगर फुटसल प्रतियोगिता

जन्मभूमिलाई प्रयासनगर फुटसलको उपाधि

काठमाडौं । प्रयासनगर फुटसल प्रतियोगिताको उपाधि लियो क्लब अफ काठमाडौं जन्मभूमिले जितेको छ ।

काठमाडौंको ज्ञानेश्वरस्थित मिड भ्याली कलेजको मैदानमा भएको फाइनलमा जन्मभूमिले लियो क्लब अफ काठमाडौं आयामलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्यो ।

निर्धारित समय २-२ को बराबरी सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएएको हो ।

विजेता जन्मभूमिले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता आयामले ८ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पायो ।

माघ २७ र २८ गते भएको प्रतियोगितामा क्लब आयामका मिलन बरुवाल सर्वोत्कृष्ट खेलाडी भए । जन्मभूमिका मनोज नेपालीले उत्कृष्ट गोलकिपर छाब्दीबाराहीका अनिल आचार्य सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभर १० गोल गरेका थिए ।

उनीहरुले जनही २५ सय रुपैयाँ र उपहारहरु प्राप्त गरे ।  १७ टोली सहभागी प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गरेका थिए । 

प्रतियोगितालाई मिड भ्याली इन्टरनेशनल कलेज, खल्ती एप, किबु इनर्जी ड्रिंक, हाइ फ्युचर, सचित डायनामिक योगा, नाट एभियसन एकेडेमी, फायर एण्ड रेस्क्यु एकेडेमी, ग्रिनसिटी हस्पिटलले प्रायोजन गरेका थिए ।