मदन भण्डारी खुल्ला फुटसल रनिङ शिल्ड प्रतियोगिता

मदन भण्डारी खुल्ला फुटसल :हिमालयन क्लब च्याम्पियन

काठमाडौ । हिमालयन क्लब मदन भण्डारी खुल्ला फुटसल रनिङ शिल्ड  प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मदन भण्डारी स्पोर्टस  एकेडेमीको आयोजनामा भएको मंगलबार सम्पन्न फाइनलमा हिमालयनले माहिन फुटसल क्लबलाई पेनाल्टी सुटआउटमा ३-२ ले स्तब्ध बनायो ।

उपाधीसँगै हिमालयनले एक लाख ५० हजार रुपैयाँ र शिल्ड प्राप्त गर्यो । उपविजेता माहिनले ७५ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्यो ।

विजेता तथा उपविजेतालाई पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री एवं नेकपा एमालेका नेता आनन्द पोखरलले पुरस्कार वितरण गरे ।प्रतियोगितामा १५टोली सहभागिता थिए ।