नेपाल सुपर लिग

एनएसएलको टिकेटिङ पार्टनरमा आइएमइ पे

काठमाडौं । आइएमइ पे टिकेटिङ पार्टनरको रूपमा नेपाल सुपर लिग (एनएसएल) सँग जोडिएको छ ।

आइएमइ पेले एनएसएलको दोस्रो संस्करणका लागि आधिकारिक टिकेटिङ पार्टनरको रुपमा सम्झौता गरिएको जानकारी गराएको हो ।

मंसिर ९ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष २१ मा हुने तालिका छ ।

एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले रणनीतिक साझेदारको रुपमा टिकेटिङ पार्टनरको रुपमा आइएमइ पेसँग सम्झौता गरेको हो ।

गतसिजन सहभागिता जनाएको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । अघिल्लो संस्करणका ६ टोली विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।