उपमेयर कप राष्ट्रिय महिला फुटबल

बागमतीलाई गोलअन्तरमा पछि पार्दै कन्काइ नकआउट चरणमा

काठमाडौं । झापाको कन्काइ नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । 

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा समूह ‘ए’ अन्तर्गत कन्काइले सर्लाहीको बागमती नगरपालिकासँग १-१ को बराबरी खेल्यो । कन्काइकी कुसुम खतिवडा र बागमतीकी सबिता भोलनले समान एक गोल गरे । 

खेल बराबरीमा अन्त्य भएपनि बागमतीलाई गोलअन्तरमा पछि पार्दै कन्काइ समुह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

कन्काइकी कुश्मा राई खेलको प्लेअर अफ दी म्याच बन्दै ट्रफी पाइन् । 

आजै हुने अन्तिम खेल समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर नगरपालिकाबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । खेलको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ ।