उपमेयर कप राष्ट्रिय महिला फुटबल

काभ्रेमाथि विजय युथको सहज जित

काठमाडौं । विजय युथ क्लब हेटौडा भेट्रानले आइतबार मेयर कप भेट्रान्स फुटबल प्रतियोगितमा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा विजय युथले काभ्रे भेट्रान्सलाई ३-० ले पराजित गरेको हो  ।

२२औं मिनेटमा कृष्ण शाक्यले विजय युथलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा कृष्णले नै हेटौडाको अग्रतालाई दोब्बर पारे ।

 ५५औं मिनेटमा उत्तर कुमार दुलालले गोल गरेपछि विजय युथले ३–० को जित निश्चित गर्यो ।