इटाली युरोपियन च्याम्पियनसिपको नकआउट चरणमा

रोम, (खेलाडी)- घरेलु मैदानमा लगातार दोस्रो जित हासिल गर्दै इटाली युरोपियन च्याम्पियनसिप (युरो २०२०) को अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

बुधबार घरेलु मैदान स्टेडियो ओलम्पिकोमा भएको समूह ‘ए’को आफ्नो दोस्रो खेलमा इटालीले स्विटजरल्यान्डलाई ३-० ले हराउदै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।

इटालीको जितमा म्यानुयल लोकाटेलीले दुई गोल गरेका थिए भने सिरो इमोबिलले १ गोल गरे ।

इटालीको २ खेलमा ६ अंक छ र टोली समुहको शीर्ष स्थानमा छ । यसअघि उद्घाटन खेलमा इटालीले टर्कीलाई हराएको थियो । २ खेलमा १ जित र १ बराबरी  खेलेको वेल्स ४ अंकका साथ दोस्रो स्थानमा छ .

१ अक जोडेको स्विटजरल्यान्ड तेस्रो स्थानमा छ भने टर्कीले अंकको खाता खोल्न सकेको छैन । टर्कीको अघिल्लो चरण प्रवेश सम्भावना क्षिण बनेको छ ।