साफ यु-१६ च्याम्पियनसिप

साफ यू-१६ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं । भुटानको थिम्पुमा  सेप्टेम्बर १ देखि १० सम्म हुने दक्षिण एसियाली फुटबल महासंघ(साफ) यू-१६ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

सोमबार टोलीका प्रशिक्षक रविन्द्र शिलाकारले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाली टोली

गोलकिपरः  विशेष बानिया, पेम्बानुर्बु भोटे, भक्तबाहादुर परियार

रक्षकः  एकराज विश्वकर्मा, किसन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशानराज लावत, किशोरकुमार दनुवार, सरण एसके

मिडफिल्डरः  सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, दिलान लिम्बु

फरवार्डः सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी, दर्शन अधिकारी