चैत्र १३, २०८२ शुक्रबार | १८:४०:१५
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

जोकोभिकलाई सिनसिनाटी ओपनको उपाधि

काठमाडौं । विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस आल्कारेजलाई हराउँदै विश्व नम्बर दुई सर्बियन स्टार नोभाक जोकोभिकले सिनसिनाटी ओपन टोनिसको उपाधि जितेका छन् ।

अमेरिकाको सिनसिनाटी सहरमा भएको फाइनलमा जोकोभिकले आल्कारेजमाथि ५-७,७-६(९-७) ७-६(७-४) को जित निकालेका हुन् । जोकोभिकको यो ९५औं सिंगल्स उपाधि हो । 

जितसँगै जोकोभिकले गत महिना सम्पन्न विम्बल्डन फाइनलमा ब्यहोरेको हारको बदला समेत लिएका छन् । अल्कारेजले गत महिना मात्र जोकोभिकलाई हराएर करिअरकै पहिलो विम्बल्डन उपाधि जितेका थिए ।

फाइनल चार घन्टासम्म चलेको थियो । ३६ वर्षीय जोकोभिकले यो फाइनल आफ्नो करिअरकै गाह्रो खेल रहेको बताए ।

‘मैले करियरमा धेरै खेल खेले । तर, आजको खेल वास्तवमै गाह्रो थियो । सायद यो खेल, यो प्रतियोगिताले त्यति महत्व राख्दैन होला, तर मेरो लागि यो खेल निकै कठिन थियो,’ सर्वाधिक ग्रान्डस्लाम जितेका जोकोभिकले सुनाए ।

सिनसिनाटी ओपन वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन अगाडि खेलिने प्रतियोगिता हो । यसलाई युएस ओपनको तयारीका रुपमा पनि लिइन्छ । युएस ओपन अगस्ट २८ देखि सुरु हुँदैछ, जहाँ जोकोभिक आफ्नो २४औं ग्रान्डस्लाम जित्ने लक्ष्यका साथ कोर्ट उत्रिँदैछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो