प्रि-सिजन टुर

लेन्समाथि युनाइटेडको पुनरागमन जित

काठमाठौं । इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेडले प्रि-सिजन टुर अन्तर्गत क्लब मैत्रीपूर्ण खेलमा फ्रान्सको लेन्सलाई ३-१ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा शनिबार सम्पन्न खेलमा युनाइटेडले एक गोलले पछि परेको स्थितीलाई उल्टाउँदै जित निकालेको हो ।

युनाइटेडलाई जित दिलाउन मार्कस रासफोर्ड, एन्टोनी र क्यासेमिरोले समान एक गोल गरे । लेन्सका लागि फ्लोरियन सोटोकाले एक गोल गरे ।

खेलको २३औं मिनेटमा सोटोकाको गोलमार्फत लेन्सले अग्रता लिएको थियो । मैदानको मध्यभागबाट उनले गरेको प्रहारले युनाइटेडका गोलकिपर आन्द्रे ओनानालाई बिट गर्दै जाली चुमेको थियो ।

४९औं एन्टोनीको पासमा रासफोर्डले युनाइटेडलाई बराबरीमा ल्याए । चार मिनेटपछि नै एन्टोनीले गोल गर्दै टोलीलाई २-१ ले अगाडी बढाए ।

५९औं मिनेटमा क्यासेमिरोले गोल गर्दै युनाइटेडलाई ३-१ को जित दिलाए । युनाइटेडले अब आइतबार प्रि-सिजनको अन्तिम क्लब मैत्रीपूर्ण खेलमा एथलेटिक बिल्बाओको सामना गर्नेछ ।