राष्ट्रिय महिला लिग

ललितपुर महानगरपालिकाले लिग खेलेको पैसा नदिएपछि एन्फामा उजुरी

काठमाडौं । ललितपुर महानगरपालिकाले राष्ट्रिय महिला लिग खेलेको पारिश्रमिक चुक्ता नगरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मा उजुरी परेको छ ।

राष्ट्रिय फुटबल टोलीकी सदस्य समेत रहेकी शृजनासिंह ठकुरीले राष्ट्रिय महिला लिग र उपमेयर कप खेलेको पारिश्रमिक भुक्तानी नगरेको भन्दै एन्फामा निवेदन दिएकी हुन् ।

एन्फा महासचिव किरण राई र महिला संघकी अध्यक्ष पेमा लामालाई पत्र लेख्दै शृजनाले आफूले पाउनुपर्ने ४५ हजार रुपैयाँ उपलब्ध गराउन सहयोग मागेकी हुन् ।

एन्फा केन्द्रिय सदस्य सरिला श्रेष्ठ मलेकुले ललितपुर महानगरपालिकाको टोली ब्यवस्थापन हेरेकी थिइन् ।

‘टिम ब्यवस्थापक र टोलीलाई बारम्बार बाँकी रकम भुक्तानी गर्न अनुरोध गरेपनि हालसम्म पाएको छैन । टोली ब्यवस्थापकले फोन नउठाउने, दिनुपर्ने पैसा नदिने र नियतवश वेवास्ता गरेपछि बाध्य भएर बाँकी पैसा सहज उपलब्ध गराईदिनुहुन एन्फासमक्ष यो निवेदन पेश गरेको छु,’ शृजनाले एन्फालाई खेलेको पत्रमा भनेकी छिन् ।

एन्फा केन्द्रिय सदस्य सरिला श्रेष्ठ मलेकुले ललितपुर महानगरपालिकाको टोली ब्यवस्थापन हेरेकी थिइन् । हाल उनी एसियाली फुटबल महासंघ (एएफसी) को महिला समितिमा सदस्य पनि हुन् ।

२०७८ साल कात्तिक ४ देखि २७ गतेसम्म भएको उपमेयर कपमा शृजनाले ललितपुरबाट खेलेकी थिइन् । ललितपुर फाइनलमा विराटनगरसँग पराजित हुँदा  उपविजेता हुँदै राष्ट्रिय लिगको लागि स्थान बनाएको थियो । उपमेयर कपको लागि २५ हजारमा अनुबन्ध भएको शृजनाले बताएकी छिन् । प्रतियोगितामा उत्कृष्ट रक्षक घोषित भएबापत २० हजार पाएकी हुन् ।

दुई प्रतियोगितामा पाउनुपर्ने एक लाख १५ हजार मध्ये ७० हजार रुपैंयामात्रै एको छु । बाँकी ४५ हजार रुपैंया भुक्तानी हुनुपर्नेमा ललितपुर टिमले हालसम्म उपलब्ध गराएको छैन

०७८ चैत १० देखि ३० गतेसम्म चितवन सारदानगरमा भएको पहिलो चरण पनि शृजनाले ललितपुरबाटै खेलिन् । सात खेलमा एक जित, एक बराबर र पाँच हारसहित छैटौं स्थानमा रहँदा पहिलो चरण सकियो ।

दोस्रो चरण विराटनगरमा हुने भनिएपछि एन्फा आन्तरिक द्वन्दको कारण लिगको बाँकी खेल हुन सकेन । शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबलाई एन्फाले कार्यसमिति बैठकबाट च्याम्पियन घोषणा गरेको थियो ।

राष्ट्रिय लिगको लागि प्रत्येक खेलको १० हजार गरी सात खेलबाट ७० हजार रुपैंयामा अनुबन्ध भएको शृजनाले खेलाडीलाई बताइन् । ‘प्रत्येक खेलको १० हजार गरी सात खेलबाट ७० हजार रुपैंयामा अनुबन्ध भएको हो । दुई प्रतियोगितामा पाउनुपर्ने एक लाख १५ हजार मध्ये ७० हजार रुपैंयामात्रै पाएको छु । बाँकी ४५ हजार रुपैंया भुक्तानी हुनुपर्नेमा ललितपुर टिमले हालसम्म उपलब्ध गराएको छैन,’ शृजनाले भनिन् ।

सरिलासँग यसविषयमा जानकारी माग्दा उनले उजुरीकर्तासँग सोधपुछ गरेर मात्रै प्रतिक्रिया दिने बताइन् ।