आइटिएफ तेक्वान्दो च्याम्पियनसिप

आइटिएफ तेक्वान्दो टोली भारत प्रस्थान

काठमाडौं। सातौं दक्षिण एसियाली आइटिएफ  तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ । प्रतियोगिता अगस्ट ४ देखि ६ सम्म हुनेछ ।

च्याम्पियनसिपमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सन्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थापा मगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको प्रशिक्षकमा इश्वर थापा मगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् । प्रतियोगितामा अञ्जन धमला, अन्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, राजेश बोलाखे, तुलसी थापा मगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्नेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र नेपाल आइटिएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले बिदाइ गरे ।