मनिष डाँगी

मनिष थाइल्यान्डको रेयोङ एफसीमा अनुबन्ध

काठमाडाैं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड मनिष डाँगी थाइल्याण्डको दोस्रो डिभिजन थाइ लिग-२ को क्लब रेयोङ एफसीमा अनुबन्ध भएका छन् ।

मनिष थाइ क्लबमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा गोलकिपर उपेन्द्रमान सिंहले सिंघा थामोरङथाइ एफसीबाट थाइ लिग खेलेका थिए । 

 क्लबले सामाजिक सञ्जालमार्फत मनिषलाई अनुबन्ध गरेको जानकारी दिएको हो । क्लबले मनिषसँग एक सिजनका लागि सम्झौता गरेको बताए पनि रकम भने खुलाएको छैन । 

मनिषले सकंटा क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए । मनिषले रोयाेङका लागि नागावर्ल्ड एफसीविरुद्ध मैत्रीपूर्ण खेल समेत खेलिसकेका छन् । जसमा उनले एक गोलका लागि अवसर सिर्जना गरेका थिए ।