ह्यारी मग्वायर

वेस्टहमको प्रस्ताव अस्विकार

कामाडौं।प्रिमियर लिग प्रतिद्धन्द्धी वेस्टहम युजाइटेडले ह्यारी मग्वायर अुनबन्धका लागि गरेको २० मिलियनको प्रस्तावलाई म्यानचेस्टर युनाइटेडले अस्विकार गरेको छ ।

वेस्टहमका प्रशिक्षक डेभिड मोइस इङ्ल्यान्डका रक्षक मग्वायर अनुबन्धन गर्न चाहन्छन् ।

युनाइटेडकाले गत महिना कप्तानको जिम्मेवारी खोसेपछि माग्वायरको भविष्य अनिश्चित बनेको छ ।  सन् २०२५ सम्म सम्झौता रहे पनि युनाइटेड सहि मुल्य पाएमा मग्वायरलाई बेच्न तयार छ ।

मग्वायरले अहिले युनाईटेडबाट हप्ताको २ लाख पाउण्ड प्राप्त गरिरहेका छन् । वेस्टहमले धेरै तलब दिने शर्तमा उनलाई अनुबन्धन गर्न सक्ने आँकलन गरिएको छ ।

सन् २०१९ मा अर्को इङ्लिस क्लब लेस्टर सिटीबाट युनाइटेड भित्रिएका मग्वायरले १ सय १८ प्रिमियर लिग खेलमा चार गोल गरेका छन् ।

पहिल्लो समय लयमा नरहेका पूर्व कप्तान मग्वायरले युनाइटेडमा पर्याप्त मैका पाउन सकिरहेका छैनन् ।

मग्वायर भित्र्याउन प्रिमियर लिगकै टोटनहम र एस्टन भिल्लाले पनि इच्छा देखाएका छन् ।