वैशाख २६, २०८२ शुक्रबार | १४:४०:३४
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

स्व.निसिमको शालिक पोखरा रंगशालामा शिलान्यास

तस्विरः सुदर्शन रञ्जित

पोखरा । प्याराग्लाइडिङ खेलाडी स्व.निसिम थापाको शालिक शिलान्यास गरिएको छ । पोखरा रंगशालामा शनिबार रामघाट गुम्बाका लामा गुरुहरुले पुजापाठसहित शालिकको शिलान्यास गरेका हुन् ।

शालिक पोखरा रंगशालाको परिसर भित्र रहेको ओलम्पिक टर्चको नजिकैको स्थानमा बनाइएको छ । ओलम्पिक टर्चको मुनि रहेको स्थान नजिक आज शालिक शिलान्यास गरिएको हो । शालिक वरिपरि पार्क समेत बन्ने निसिम फाउन्डेसनले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद–२०७९ अन्तर्गत राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा २०७९ असोज ३० गते प्रतिस्पर्धा गर्ने क्रममा नेपाली सेनाका खेलाडी निसिमको दुर्घटनामा परि निधन भएको थियो । खेलकै क्रममा निधन भए संगै राखेपले उनको अर्धकदकोे शालिक पोखरा रंगशालामा राख्ने घोषणा गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद(राखेप)का बोर्ड सदस्य राजेश गुरुङले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा निसिमलाई गुमाउन पर्दा निकै दुःख लागेकोे बताए । ‘स्व.निसिम थापाको सम्मानको लागि राष्ट्रिय खेलकुद परिषदको विशेष पहलमा पोखरा रंगशाला भित्र शालिक राख्ने चाजोपाजो मिलाएका हौ,’ गुरुङले भने,‘देशका लागि खेलको माध्यमबाट योगदान पु¥याउने व्यक्तिको शालिक निर्माणले पछिल्लो पुस्तालाई सकारात्मक सन्देश जान्छ ।’

‘दश महिना पछि भए पनि राष्ट्रिय खेलकुद परिषदले निसिम थापाको शालिक राख्ने कार्यलाई अगाडि बढाउनु भयो । यो मात्र ठुलो कुरा होइन,यसलाई निरन्तरता दिनु पर्छ,’ स्व.नसिम थापाका आमा सावित्री थापाले भनिन् ।

निसिम थापा फाउन्डेसनको लागि नेपाल आर्मीले १० लाख नगद दिई सकेको छ । अन्य आवश्यक सहयोग भएको र आर्मीले कुनै खेल आयोजना गर्दा ‘निसिम शिल्ड’नामाकरण गर्ने आश्वासन दिएको थापाका आमा सावित्रीले बताइन् ।

शिलान्यास कार्यक्रममा निसिमका बुबा प्रकाश थापा, हजुरआमा सोभा देवी मोक्तान, काकी रीता पौडेल, लगायतको उपस्थिति थियो ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP