फिफा महिला विश्वकप

फिफा महिला विश्वकपः स्विडेनको पुनरागमन जित

काठमाडौं । स्विडेनले फिफा महिला विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध पुनरागमन जित निकालेको छ ।

न्यूजिल्यान्डको वालिङटजन क्षेत्रीय रंगशालामा आइबार सम्पन्न खेलमा एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै स्विडेनले दक्षिण अफ्रिकामाथि २-१ को रोमाञ्चक जित निकालेको हो ।

जितसँगै समूह ‘जी’ को स्विडेनले  तीन अंक जोड्दा दक्षिण अफ्रिकाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

स्विडेनलाई जित दिलाउन फ्रिडोलिना रोल्फो र अमान्ड इलेस्टेडले समान एक गोल गरे । दक्षिण अफ्रिकाका लागि हिल्डा मगियाले एक गोल गरिन्।

खेलको ४८औं मिनेटमा मगियाको गोलमार्फत दक्षिण अफ्रिकाले अग्रता लिएको थियो। ६५औं मिनेटमा रोल्फोले खेललाई बराबरीमा ल्याइन्। रोल्फोले जोहाना राइटिङ क्यानेरिडको क्रसलाई पोस्टकाे दिशा दिएकी थिइन् ।

९०औं मिनेटा इलेस्टेडले गोल गरेपछि स्विडेनले २-१ को रोमञ्चक जित निकाल्यो । इलेस्टेडले कोसोवरे अस्लानीको कर्नरलाई हेडमार्फत गोलमा परिणत गरेकी थिइन्।