इङ्लिस प्रिमियर लिग

युनाइटेड भित्रिए ओनाना

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्ट युनाइटेडले क्यामरुनियन गोलकिपर आन्द्रे ओनाना अनुबन्ध गरेको छ ।

युनाइटेडले ओनानालाई इटालियन क्लब इन्टर मिलानबाट ४७ मिलयन पाउन्डमा अनुबन्ध गरेको हो ।

ओनाना पाँच वर्षको सम्झौतमा युनाइटेड भित्रिएका हुन् । उनीसँग एक वर्ष सम्झौता लम्बाउने विकल्प पनि छ ।

२७ वर्षका ओनानाले गत सिजन इन्टरको च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रामा महत्वपूर्ण भुमिका निभाएका थिए । इन्टरले इटालियन सिरी ए को शीर्ष चारमा बस्दै आगामी सिजनको च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गर्दा पनि उनी टोलीका प्रमुख खेलाडी थिए ।

युनाइटेडका स्पेनिस गोलकिपर डेविड डी हियाले क्लब छाड्ने भएपछि युनाइटेडडले ओनाना भित्र्याउने कार्यलाई तिब्रता दिएको थियो ।

युनाइटेडमा ओनाना र इरिक टेन हागबीच पुनर्मिलन हुने भएको छ । यसअघि ओनानाले डेच क्लब आयाक्समा हागको प्रशिक्षणमा खेलेका थिए ।

ओनाना ६ वर्ष आयाक्समा बिताएर गत सिजन फ्रि-ट्रान्सफरमार्फत इन्टर भित्रिएका थिए । ओनानाले २४ सिरी ‘ए’ खेल खेल्दा ८ क्लिनसिट राखेका थिए ।

ओनाना यस सिजन ओल्ड ट्राफोर्ड  भित्रिने दोस्रो खेलाडी हुन् । यसअघि युनाइटेडले प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सबाट मासन माउन्टलाई अनुबन्ध गरेको थियो ।