इङ्लिस प्रिमियर लिग

टिम्बर आर्सनलमा अनुबन्ध

काठमाडौं । इङ्लिस क्लब आर्सनलले डच रक्षक जुरेन टिम्बर अनुबन्ध गरेको छ ।

आर्सनलले डच क्लब आयाक्सबाट टिम्बरलाई ३४ मिलियन पाउन्डमा भित्र्याएको हो ।

२२ वर्षीय टिम्बर वर्तमान समयमा यरोपियन क्लब फुटबलकै अब्बल रक्षकमध्ये एक हुन । उनी मिडफिल्डमा समेत खेल्ने क्षमता राख्छन् ।

गत सिजन आर्सनलन इङलिस प्रिमियर लिगको उपाधि संघारमा पुगेर पनि निराश हुनुमा रक्षक विलियम सालिबाको चोट प्रमुख कारण थियो ।

लिगको उत्तरार्धमा बलियो रक्षापत्ति नहुन नै आर्सनलका लागि सबैभन्दा घातक बनेको थियो । आर्सनलले टिम्बरको आगमनसँगै टोलीको रक्षापत्ति बलियो हुने विश्वास लिएको छ ।

नयाँ सिजनमा च्याम्पियन्स लिग समेत खेल्ने तयारीमा रहेको आर्सनल यस पटक भने रक्षापत्तिमा गल्ती दोहोर्याउने पक्षमा छैन ।

एक वर्ष अघि नै आर्सनलले टिम्बरलाई अनुबन्ध गर्ने इच्छा देखाएको थियो । तर आयाक्सले सो प्रस्ताव अस्विकार गरेको थियो । लिसान्ड्रो मार्टिनेज म्यानचेस्टर युनाइटेड गएपछि आयाक्सले टिम्बरलाई क्लबमै राखेको थियो ।