नेपाल कराते महासंघ

नेपाली टोलीले विश्व र एसियन कराते महासंघसँग छलफल गर्ने

काठमाडौं । नेपाल कराते महासंघले विश्व र एसियन कराते महासंघसँग छलफल गर्ने भएको छ ।

मलेसियाको मलेकामा हुने एसियन कराते महासंघ (एकेएफ) सिनियर च्याम्पियनसिपका दौरान छलफल हुने बताइएको छ ।

छलफलमा विश्व र एसियन कराते महासंघका प्रतिनिधिसहित नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, उपाध्यक्ष प्रकाशमोहन धौबडेल, महासचिव दावा गुरुङ र कोषाध्यक्ष किशोर भट्टराई सहभागी हुनेछन् ।

एकेएफका सिइओ भिसेन्ट चेनको समन्वयमा हुने छलफल मालेकास्थित द ह्याटन होटलमा जुलाई २१ देखि २३ सम्म हुनेछ ।  

नेपाली कराते क्षेत्रमा पछिल्लाे समयमा देखिएकाे विवादकाे विषय छलफलकाे मुख्य एजेन्डा रहेकाे बताइएकाे छ ।