इङ्लिस प्रिमियर लिग

विलियान नटिङघम जाने चर्चा

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब फुलहम छोड्ने खबर सार्वजनिक भैरहँदा विलियान नटिङघम फरेस्टको प्रशिक्षण मैदानको भ्रमण गरेका छन ।

ब्राजिलका विलियान र फुलहमबीचको सम्झौता अबधी समाप्त भैसकेको छ र उनी नयाँ गन्तव्यको खोजीमा रहेका छन । 

उनले बिहीबार  नटिङघम फरेस्टको मैदानको भ्रमण गरेका हुन । उनले  नटिङघम फरेस्टसँग सम्झौता भने गरिसकेका छैनन । 

गत सिजन उनले फुलहमटबाट २५ खेलमा ५ गोल गरेका थिए । उनले फुलहम आउनु अघि चेल्सी र आर्सनलमा बिताएका थिए । 

 नटिङघम फरेस्टले गत सिजन ३० खेलाडीलाई अनुबन्ध गरेको थियो तर उनीहरु इङ्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्न भने असफल भएका थिए ।

गत सिजन १६औं स्थानमा बसेको नटिङघम यस पटक ८ नयाँ खेलाडी अनुबन्ध गर्ने लक्ष्यमा रहेको छ ।