विम्बल्डन टेनिस

जाबेउर फाइनलमा

काठमाडौं । ट्युनिसियाकी ओन्स जाबेउर विम्बल्डन टेनिस प्रतियोगेगिताको महिला एकलतर्फ फाइनलमा प्रवेश गरेकी छन् ।

छैटौं वरीयताकी जाबेउरले बिहीबार सम्पन्न सेमिफाइनलमा विश्व नम्बर.२ बेलारुसी आर्यना साबालेन्कालाई २-१ को सेटमा पारजित गरेकी हुन् ।

पहिलो सेट ६-७ (५-७ ) ले गुमाए पनि जाबेउरले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका २ सेट ६-४ र ६-३ ले आफ्नो पक्षमा पारिन् ।

सेमिफाइनलमा जाबेउरले काजकिस्तानकी एलिना रेबाकिना र साबालेन्काले अमेरिकाकी म्याडिसन किजलाई पराजित गरेका थिए ।

जाबेउरले उपाधिका लागि चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोउसोभाको सामना गर्नेछिन् । भोन्ड्रोउसोभा युक्रेनकी एलिना स्विटोलिनालाई  ६–३ र ६–३ को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेकी थिइन् ।