इङ्लिस प्रिमियर लिग

माउन्टको डेब्यु खेलमा युनाइटेडको जित

लन्डन । मेसन माउन्टले डेब्यु गरेको खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि २-० को जितसहित प्रि–सिजनमा सुखद सुरुआत गरेको छ । 

२४ वर्षका माउन्ट गत महिना ५५ मिलियन पाउन्डमा चेल्सीबाट ओल्ड ट्राफोर्ड भित्रिएका थिए । उनले पहिलो हाफ मैदानमा बिताएका थिए । जहाँ उनले प्रभावशाली प्रदर्शन गरेका थिए । 

प्रशिक्षक इरिक टेन हागले केही अनुभवीसहित युवा खेलाडीलाई अवसर दिएका थिए । लिसान्ड्रो मार्टिनेज,राफेल भरान र जाडोन सान्चोसहित कोबी मानियो र ओमारी फ्रोसन मैदान उत्रिएका थिए ।

६७औं मिनेटमा नोआम इरेरानले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । खेल सकिन नौ मिनेट बाँकी रहँदा जोए हुजिलले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए । 

युनाइटेडले बुधबार अर्को अभ्यास खेलमा लियोनको सामना गर्नेछ । युनाइटेड त्यसपछि अमेरिका भ्रमणमा निस्कने छ । जहाँ टेन हागको टोलीले आर्सनल,रेक्सहाम,रियाल मड्रिड र बोरुसिया डर्टमन्डविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ ।