विम्बल्डन टेनिस

साबालेन्का सेमिफाइनलमा

काठमाडौं । विश्व नम्बर दुई आर्यना साबालेन्का विम्बल्डन टेनिस प्रतियोगेगिताको महिला एकलतर्फ सेमिफाइनल प्रवेश गरेकी छन् ।

बेलारुसी खेलाडी साबालेन्काले बुधबार सम्पन्न खेलमा अमेरिकाकी म्याडिसन किजलाई २-० को सोझो सेटमा पराजित गरिन् ।

साबालेन्काले खेल ६-२ र ६-४ ले आफ्नो पक्षमा पारिन् ।

साबालेन्काले फाइनल प्रवेशका लागि ट्युनिसियाकी ओन्स जाबेउरको सामना गर्नेछिन् । जाबेउरले काजकिस्तानकी एलिना रेबाकिनालाई ६-७(५-७), ६-४ र ६-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी हुन् ।

यसैगरी अर्को सेमिफाइनलमा युक्रेनकी एलिना स्विटोलिनाले चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोउसोभाको सामना गर्नेछिन् । स्विटोलिनाले विश्व नम्बर एक पोलिस स्टार इगा स्वायटेक र भोन्ड्रोउसोभनले अमेरिकी जेसिका पेगुलालाई पराजित गरेका थिए ।