इङ्लिस प्रिमियर लिग

टोरेस एस्टन भिल्लामा अनुबन्ध

काठमाडौं । इङ्लिस क्लब एस्टन भिल्लाले स्पेनिस रक्षक पाउ टोरेस अनुबन्ध गरेको छ ।

एस्टन भिल्लाले स्पेनिस क्लब भिल्ला रियालबाट टोरेसलाई ३१. ५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।  

भिल्ला रियालमा छँदा टोरेको खेलबाट निकै प्रभावित बनेका हाल एस्टन भिल्लका प्रशिक्षक उनाइ इम्रीले उनलाई प्रमुख प्राथमिकतामा राखेका थिए ।

टोरेस यो सिजन एस्टन भिल्ला भित्रिने दोस्रो खेलाडी हुन् । क्लबले यसअघि इङ्लिस क्लब लेस्टर सिटीबाट युरी टेलीम्यान्सलाई अनुबन्ध गरेको थियो ।

भिल्ला रियालको युथ एकेडेमीका उत्पादन टोरेसले सन् २०१७ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए । टोरेसले १ सय ३६ स्पेनिस ला लिगा खेलमा १० गोल गरे ।

टोरेस अनुबन्धका लागि जर्मन बुन्डेसलिग च्याम्पियन बायर्न म्युनिखले पनि इच्छा देखाएको थियो । तर बायर्नलेपछि इटालियन क्लब नापोलीका दक्षिण कोरियन रक्षक किम मिन जेलाई भित्र्याएको थियो ।