इङ्लिस प्रिमियर लिग

केन नयाँ सिजनमा लागि टोटनहममै बस्नेमा दुबिधा

लन्डन । टोटनहमका नयाँ प्रशिक्षक एन्ज पोस्टेकोग्लुले स्ट्राइकर ह्यारी केन नयाँ सिजनका लागि टोलीमै बस्ने दाबी गर्न नसक्ने बताएका छन ।

पोस्टेकोग्लुले नयाँ सिजनका लागि क्लबलाई सफल पार्न आफुसँग केही योजना भएको र यसै साता सो योजना केनलाई सुनाउने बताए ।

सोमबार मात्र टोटनहमले केनका लागि जर्मन बुन्डेसलिगाको महारथी बायर्न म्युनिखले गरेको अनुबन्धको प्रस्ताव अस्विकार गरेको थियो । 

केन बुधबारबाट प्रशिक्षणमा फर्कने बताइएको छ । सोही प्रशिक्षण दौरान उनी केनलाई क्लबको रणनितीबारे बताउने योजनामा रहेका छन । 

‘म केन टोटनहममै बस्छन भन्ने दाबी गर्न सक्दिन, ’पोस्टेकोग्लुले भने,'केन नयाँ सिजनका लागि मेरो टोली योजनामा छन र म उनलाई यसबारे बताउने छु । मैले भन्दा पनि क्लब व्यवस्थापनले खेलाडीको अनुबन्धको विषयमा चासो राख्नु पर्छ ।मैले क्लबसामु मेरो रणनिती बताइसके र खेलाडीको बारेमा पनि मैले उनीहरुलाई बताइसके । केन टोलीको प्रमुख खेलाडी हुन । क्लबले छिट्टै यस विषयमा प्रष्ट पार्न आवश्यक छ ।'