इङ्लिस प्रिमियर लिग

योङ नयाँ सिजनका लागि एभर्टन जाँदै

लन्डन । इङ्लिस प्रिमियर लिगको एस्टन भिल्लाका एस्ले योङले नयाँ सिजनका लागि एभर्टन जाने भएका छन । 

योङ र भिल्लाबीचको सम्झौता जुनमा अन्त्य भएको थियो । उनको अनुबन्धमा लुटन टाउन र साउदी प्रो लिगका क्लबले इच्छा देखाएका थिए । 

३८ वर्षका योङले म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिग र एफए कप तथा इन्टर मिलानबाट सिरी ए जितेका थिए । 

योङ प्रशिक्षक सेन डेइचले नयाँ सिजनका लागि भित्राएको पहिलो खेलाडी हुन ।

फ्रयांक लाम्पार्ड बर्खास्तमा परेपछि टोली प्रशिक्षण सम्हालेका डेइचले लिगको अन्तिम दिन एभर्टनको प्रिमियर लिग हैसियत जोगाउन सफल भएका थिए ।

इङ्ल्यान्डबाट ३९ अन्तर्राष्ट्रिय खेल खेलेका योङले युनाइटेडबाट युरोपा कप र लिग कप पनि जितेका  थिए । 

उनले गत सिजन भिल्लाबाट ३२ खेल खेलेका थिए । पछिल्लो दुई सिजन रेलिगेशनबाट जोगिन संघर्षरत एभर्टन यस सिजन सुखद सुरुआताको लक्ष्यमा रहेको छ ।