विम्बल्डन

अल्कारेज क्वार्टरफाइनलमा

लन्डन । कार्लोस अल्कारेज पहिलो पटक विम्बल्डन टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन ।

अल्कारेजले माटियो बेरेटिनीमाथि ३-६,६-३,६-३,६-३  को जित निकाले ।

‘मलाई यो खेल कठिन हुन्छ भन्ने थाहा थियो । माटियो महान खेलाडी हुन र उनले विगतमा विम्बल्डनको फाइनल खेलिसकेका छन,'अल्कारेजले भने, ‘उनले राम्रो खेलिरहेका छन । पहिलो सेट गुमाएपछि खेलमा फर्कन सहज हुँदैन । मैले दोस्रो सेटमा भेट्टाएको लय कायम राख्दा जित सम्भव भयो ।’

‘गत वर्ष मैले चौथो चरणमा हारेको थिए, ’उनले भने, ‘यस पटक मैले क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यले आएको थिए र त्यो पूरा भयो । म अब अघिल्लो चरण प्रवेशमा केन्द्रित हुनेछु ।’

उनले क्वार्टरफाइनलमा होल्गर रुनसँग प्रतिस्पर्धा गर्नेछन ।